बिशेषगरी भिडियो एक्सरे मानिसको पेट तथा गर्भवती महिलाको लागि गर्ने एउटा अत्यावश्यक एवं महत्वपुर्ण प्रविधि हो । गर्भवती महिलालाई त यो पटक पटक गर्न पनि आवश्यक पर्छ नै । आवश्यकता अनुसार गर्भवती महिलाले गर्भ बसेको डेढ महिनादेखिनै भिडियो एक्सरे गर्न सक्छन । तर गर्भवती भएको पांँच महिनाको समय अत्यन्त महत्वपुर्ण र अपरिहार्य एक्सरे हो । यसले बच्चाको अवस्था पाठेघरमा हुने संक्रमण लगायतका समस्या पहिचान गर्न मदत गर्दछ । भिडियो एक्सरे पटक पटक गर्दा यसबाट हुने विकिरणले भविष्यमा वेफाइदा गर्छ भन्ने भ्रम पनि जनमानसमा व्याप्त छ । तर यो यस्तो प्रविधि हो जसले गर्भवती महिला तथा पेटभित्रको बच्चालाई केही असर पार्दैन । गर्भवती महिलाको लागि भिडियो किन आवश्यक हुन्छ, यसको प्रयोग कति कति महिनामा गर्नुपर्छ र यसका फाइदाहरु के के हुन्छन भन्ने बिषयमा भरतपुर अस्पताल तथा भरतपुर सामुदायिक अस्पतालका रेडियोलोजिष्ट डा.केशव पौडेल संँग कुराकानी गरेका छौं । विस्तृत कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।