मानिसको महत्वपुर्ण शरीरको अंगमध्ये मेरुदण्ड पनि एक हो । मेरुदण्डले मानव जीवनमा सहज रुपमा हिड्डुल लगायतका शारिरीक क्रियाकलापमा ठूलो भूमिका खेल्छ । तर कुनै दुर्घटना, टीबी रोग र ट्युमर हुंँदा मेरुदण्डमा समस्या आउने गर्छ । यस्तो समस्याले दैनिक जीवनयापनमा ठूलो असर गर्दछ । मेरुदण्डको उचित उपचार समयमै नगरे मानिसले हिडडुल र काम गर्न सक्दैन । मेरुदण्डमा हुने स्पाइनल इन्जुरी टुट्न गएमा टुटेको भाग तल शरीरको कुनैभाग चल्दैन र छुंँदा महसुस पनि हुंँदेन , किनकी यो स्पाइनल मस्तिष्क देखि कम्मरसम्म जोडिएको हुन्छ ।
मेरुदण्डमा हुने कर्ड भांँचिएमा यसको पूर्ण रुपमा उपचार नभएपनि चिकित्सकले गर्ने उपचारबाट बिरामीले ह्वीलचेयरको माध्यमबाट आफ्नो जीवन यापन गर्दछ । स्पाइन इञ्जुरी दुई प्रकारको हुन्छ । आंशिक स्पाइनल इञ्जुरी र पूर्ण रुपको स्पाइनल इञ्जुरी । आंशिक रुपको इञ्जुरीको उपचारबाट बिरामीले दैनिक जीवन सहज रुपमा जीउन सक्छ र पूर्ण रुपमा भएको स्पाइनल ईञ्जुरी भएको बिरामीले पनि ह्वील चेयरको सहायताबाट पनि जीवन जीउन सक्छ ।
हरेक काम गर्दा या हिंडडुल गर्दा सावधानी अपनाए मेरुदण्ड भांँचिने र रुपाइनल कर्ड टुट्ने गम्भिर समस्याबाट जोगिन सकिन्छ । मेरुदण्डको समस्या, सावधानी, उपचार पद्धति र कसरी सुरक्षा गर्न सकिन्छ भन्ने लगायतका बिषयमा रहेर अर्थोपेडिक विशेषज्ञ एवं भरतपुर अस्पतालका मेडिकल सुपरिटेडेण्ट प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेल संग गरिएको कुराकानीको अंश :