भरतपुर । यात्रा ग्रुपका खेलाडी र परिवारलाई पुष्पाञ्जली अस्पतालमा छुट पाउने भएका छन ।
चितवन जिल्ला ए डिभिजन लिग खेल्ने तयारीमा रहेको यात्रा ग्रुपलाई अस्पतालले छुटको घाृेषणा गरेको हो । अस्पतालले यात्रा ग्रुपका खेलाडी तथा खेलाडीका परिवारलाई ओपिडीमा २५ प्रतिशत तथा ल्याबमा छुट दिने भएको हो ।
डा अधिकारीले केही दिनमा कार्ड उपलब्ध गराउने गरी छुट घोषणा गरेका हुन् ।
यसैबीच आज पुष्पाञ्जली अस्पताल एक कार्यक्रमकाबीच जर्सी हन्तान्तरण गरिएको छ । क्लबलाई जिल्ला लिगका लागि गोल्डेन इमिनेन्ट इन्टरनेशनलले जर्सी तथा लक्ष्मण थापा र फेबर कम्पनीले किट सहयोग गरेको छ ।उक्त सामग्री क्लबका संरक्षक फिजिसियन डा भोजराज अधिकारीले खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा डा अधिकारीले खेलाडीहरुलाई लिगको लागि शुभकामना व्यक्त गरे ।क्लबका अध्यक्ष कृष्ण कार्कीले जितका साथ लिगको सुरुवात गर्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले जर्सी र किट सहयोगका लागि धन्यवाद व्यक्त गरे ।